thumb
  • By Yantra Mart
  • Сентябрь 08, 2024

ग्रीन कन्क्रिटेक प्रा. लि. नेपालमा Aquarius कन्क्रिट इक्विपमेंटको अधिकारिक वितरक।

ग्रीन कन्क्रिटेक प्रा. लि. नेपालमा एक्वारियस कन्क्रिट उपकरणको अधिकारिक वितरकको रूपमा परिचित छ। कम्पनीले स्थिर कन्क्रिट पम्प, बूम पम्प, लाइन पम्प, ब्याचिङ प्लान्ट जस्ता बिभिन्न प्रकारका कन्क्रिट उपकरणहरू उपलब्ध गराउँछ। साथै, ग्रीन कन्क्रिटेक प्रा. लि. नेपालमा मिकन्सको सेल्फ लोडिङ कन्क्रिट मिक्सरको पनि अधिकारिक डिलर हो।

बिल्डिङ, पुल निर्माण र हाइड्रो प्रोजेक्टहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ग्रीन कन्क्रिटेक प्रा. लि. ले उपकरणहरूको कार्यक्षमतामा वृद्धि गर्न र ग्राहकहरूको सन्तुष्टिका लागि देशव्यापी सेवा शिविरहरू आयोजना गरेको छ।

 

सेवा शिविरको उद्देश्य उपकरणको मर्मत सम्भार तथा सेवा गुणस्तर सुधार गरी सञ्चालनको दक्षता बढाउनु रहेको छ। कम्पनीका प्रबन्धकका अनुसार, यी शिविरहरूले ग्राहकहरूको आवश्यकता र सुझाव बुझ्न र उपकरणको प्रदर्शनमा थप सुधार गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।

प्राविधिक सहयोग, समयमै मर्मत सेवा र गुणस्तरीय उपकरणका लागि ग्रीन कन्क्रिटेक प्रा. लि. ले यो पहल अगाडि सारेको हो। कम्पनीले आफ्ना ग्राहकहरूको विश्वास जित्दै आगामी दिनमा थप सेवा सुधार गर्दै जाने प्रतिवद्धता जनाएको छ।

नेपालमा कन्क्रिट निर्माण प्रविधिको क्षेत्रमा ग्रीन कन्क्रिटेक प्रा. लि. ले आफ्नो नेतृत्वदायी भूमिका निरन्तर कायम राख्न सफल भएको छ।

स्टोर लिंक चेक गर्नको लागि तल इमेज टच गर्नुहोला।

 

 


Share :
Author

Yantra Mart

Название компании: www.yantramart.com

Hot Deals

Isuzu D-MAX 4 WD on sale
Isuzu D-MAX 4 WD on sale
Цена: ₨ 40,00,000
Excavator
Excavator
Цена: Контакт для цены
  Рекомендуемые Автомобили
Нет сообщений